उपसभापति गुरुङले भने – देशलाई आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन



हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन् ।

हेटौंडामा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कायक्रममा बोल्दै उपसभापति गुरुङले यस्तो बताएका हुन् ।



उपसभापति गुरुङले मुलुकलाई त्यो अप्ठ्यारो स्थितिबाट मुक्त गर्न कांग्रेसले नेतृत्व गर्ने बताए ।



गुरुङले भने, ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक हुनेछौं । नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गैरहनुपर्छ भन्ने मलाई लाग्दैन ।’

राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उपसभापति गुरुङले बताए । अहिलेको १० राजनीतिक दललाई नेतृत्व गरेर ५ बर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको उनको भनाइ छ ।

सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरु पार्टीलाई भएपनि कांग्रेसबाट मन्त्री बन्नेहरुलाई छुट नहुने उनले तर्क प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज