नेपाल कमर्श क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित



काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

स्ववियु निर्वाचनका लागि नयाँ मतदान अधिकृत तोकेर बिहान साढे ११ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, अझै मतदान सुरु हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो ।



मतदानका लागि उपस्थित भएका विद्यार्थीहरूलाई गेट बाहिर राखिएको छ । अनेरास्ववियुले नेविसंघले मतपत्र च्यातेको आरोप लगाएको छ ।



निर्वाचन समितिले निर्वाचन समितिका सदस्य सचिव लालबहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदानको प्रक्रिया अगाडि बढाउने भनिए पनि अहिलेसम्म मतदान हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज