संविधानको संरक्षण गर्नु मेरो प्रमुख दायित्व हो : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय अब आफ्नो प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन्।

नेपाल बार एसोसिएशनको प्रतिनिधिमण्डलसंग कुरा गर्दै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन्।



राष्ट्रपति पौडेलले भने,‘संविधानको अक्षर र भावनाको मर्म अनुरुप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला ।’



राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफु सचेत नै रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज