आरजु राणाको निर्देशन – तरूण दललाई पहिलो नम्बरको संगठन बनाउनू



काभ्रे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन् ।

नेपाल तरूण दल जिल्ला कार्यसमिति काभ्रेले शनिबार बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले यस्तो निर्देशन दिएकी हुन् ।



उनले पार्टी र संगठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन् ।



अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज