यु-१७ महिला च्याम्पियनसिप : आज नेपाल र रुस खेल्दै



काठमाडौं । साफ-१७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् ।

खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ । नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।



नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो ।



रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपालले अर्को खेल मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज