आईजीपी कुँवर भने- प्रहरीमा सुधार आवश्यक छ, आन्तरिक सुदृढीकरणमा जोड दिन्छु



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण गर्ने बताएका छन् ।

आईतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले यस्तो बताएका हुन् ।



उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटिहरू लुकाएर प्रशासन बलियो नबन्ने भएकाले प्रहरीमा सुधार आवश्यक रहेको बताए ।



उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । प्रहरीमा सुधार आवश्यक छ,’ उनले भने, ‘अब त्यसको लागि दिन गनेर बस्ने छुट छैन ।’

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज