राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी नगदसहित सम्मानित



बुटवल । राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगद राशीसहित सम्मान गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीसहित सम्मान गरेको हो ।



आईसीसी विश्वकप लिग टूमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै कुशल भुर्तेल तथा राष्ट्रिय टिममा परेकोमा श्याम (मौसम) ढकाललाई सम्मान गरिएको हो ।



उनीहरुलाई तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वरदेवी चौधरीसहितले सम्मान गरे ।

८ बर्ष पछि यू-१९ विश्वकपमा नेपाललाई पुर्याउन महत्वपूर्ण योगदान दिने टोलीका क्याप्टेन देव खनाललाई समेत नगरपालिकाले सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज