नवनियुक्त आईजीपी कुँवरलाई प्रधान सेनापतिले दिए बधाई



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन् ।

सैनिक मुख्यालयमा भएको भेटका क्रममा आइतबार प्रधानसेनापतिले आईजीपीलाई बधाई तथा शुभकामना दिएका हुन् ।



सो क्रममा प्रधान सेनापति र आईजीपीबीच आपसी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ ।



शुक्रबारको मन्त्रिपरिषद् निर्णयअनुसार कुँवर आईजीपीमा नियुक्ति भएका थिए भने आजै दर्ज्यानी चिह्न पाएपछि पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज