कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने टुंगिएको छैन : उपसभापति खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मन्त्रिपरिषद बिस्तार हुन अझै दुई तीन दिन लाग्ने प्रतिक्रिया दिएका छन् । आइतबार संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बिस्तार तयारीबारे विश्वासको मत दिएका सबै दलहरूसँग परामर्श जारी राखेको बताउँदै खड्काले मन्त्रिपरिषद बिस्तार हुन केही समय लाग्ने जानकारी दिए ।



यस्तै पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने र कुन कुन मन्त्रालयमा जाने भन्ने विषयमा अहिलेसम्म औपचारिक निर्णय नभएको स्पष्ट पारेका छन् ।



कांग्रेस मात्रै नभएर गठबन्धनमा रहेका कुनै पनि दलले औपचारिक रुपमा मन्त्रालय र संख्याका बारेमा औपचारिक प्रस्ताव नगरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज