ट्युनिसियामा आप्रवासी सवार डुंगा डुब्दा १९ जनाको मृत्यु



एजेन्सी । अफ्रिकी मुलुक ट्युनिसियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुब्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

भूमध्य सागर हुँदै इटली प्रवेश गर्ने तयारी गरिरहेका आप्रवासी सवार डुंगा आइतबार ट्युनिसियाको तटीय क्षेत्रमा डुबेको हो ।



तटीय सुरक्षाकर्मीहरूले डुंगामा सवार पाँच जनाको माहडिया क्षेत्रबाट सकुशल उद्धार गरेको फोरम फर सोसियल एन्ड इकोनोमिक रोइट्स (एफटीडीइस) का अधिकारी रोमादान बेन ओमारले बताएका छन् ।



गरिबी, भोकमरी, द्वन्द्वग्रस्त मुलुकका (विशेष गरी अफ्रिकी र मध्यपूर्वी) नागरिकहरू सहज जीवनयापनका लागि युरोप प्रवेश गर्न भूमध्य सागरको जोखिमपूर्ण यात्रामा निस्किने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज