बल्खु खोलामा भर्खरै जन्मिएको शिशुको शव भेटियो



काठमाडौं । काठमाडौंको बल्खु खोलामा आइतबार भर्खरै जन्मिएको शिशुको शव भेटिएको छ ।

कलंकीस्थित मालपोत कार्यालयअगाडि बल्खु खोलामा नवजात शिशुको शव भेटिएको हो ।



स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



शव कसले र किन फालेको भन्नेबारे नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज