सत्य निरूपणसम्बन्धी विधेयक स्वीकृत | Online Nepal



काठमाडौं । प्रतिनिधि सभाबाट सत्य निरूपणसम्बन्धी विधेयक स्वीकृत भएको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकमाथि उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन्।



प्रस्ताव प्रस्तुत गर्दै उनले सत्यको छानबिन र परिपूरण हुनुपर्छ भन्ने मान्यता रहेको विधेयकमा शान्ति सम्झौताका हस्ताक्षर कर्ता, राजनीतिक दल र आम जनताको साझा विषय रहेको बताइन् ।



मन्त्री शर्माले भनिन्, ‘शान्ति प्रक्रियालाई आफ्नै मौलिक ढंगले टुंग्याउने प्रयास भइरहेको छ। यो कुनै दल र नेताको मात्र विषय होइन ।’

प्रतिनिधि सभाको आजको बैठकमा सो विधेयकमाथि सांसदहरूले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक चैत्र १५ गते १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज