मुम्बईले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि



काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को पहिलो संस्करणको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई सात विकेटले पराजित गर्दै मुम्बई पहिलो संस्करणको च्याम्पियन बनेको हो ।



मुम्बईस्थित ब्रेबोन रंगशालामा सम्पन्न फाइनलमा दिल्लीले प्रस्तुत गरेको १३२ रनको लक्ष्य मुम्बईले १९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।



त्यसअघि टस जितेर ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो ।

प्रतियोगिताको पहिलो संस्करणमा मुम्बई, दिल्ली,यूपी वारिओर्ज, रोयल च्यालेन्जर्स बेङ्लोर र गुजरात जायन्ट्स गरी पाँच टिम सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज