मिटरब्याजी पीडितलाई खुलामञ्च छिर्न नदिन महानगरको भोटेताल्चा



काठमाडौं । काठमाडौं महानगरपालिकाले मिटरब्याज पीडितलाई खुलामञ्चमा छिर्न नदिन गेटमा ताला लगाएको छ ।

गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर आईतबार काठमाडौं आइपुगेका उनीहरूले खुलामञ्चमा आउने तयारी गरेको थाहा पाएपछि नगर प्रहरीसहितको महानगरको टोलीले खुलामञ्चको गेटमा ताला लगाएको हो ।



अहिले महानगरले खुल्ला मञ्चको प्रवेशद्वार बन्द गराएर नगर प्रहरी तैनाथ गरेको छ ।



पीडितहरु भने मातातीर्थबाट खुलामञ्चका लागि प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज