महिला ओलम्पिक फुटबलको छनोटमा नेपालले भियतनामसँग दुई खेल खेल्दै



काठमाडौं । पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग मात्र खेल्ने भएको छ ।

नेपाल रहेको समूह सी मा भियतनाम, अफगानिस्तान र प्यालेस्टाइन रहेपनि दुई टोलीले नाम फिर्ता लिएका थिए।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्नेछ ।



नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल साँझ ६ बजे सुरु हुनेछ ।

प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली ३ अप्रिलमा काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ।

खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज