जब रनवेबाटै फर्कियो भैरहवा उडेको बुद्धको जहाज…



काठमाडौं । काठमाडौंबाट भैरहवा उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ ।

बुद्ध एयरको उडान नम्बर यू ८४५ मार्फत भैरहवा जाने तयारीमा रहेको एटीआर जहाजको इण्डिकेसनमा समस्या देखिएको हो ।

दिउँसो २ः५० मा जहाज उड्न लाग्दा उक्त समस्या देखिएपछि यात्रु ओरालेर अर्को जहाजमार्फत भैरहवा पठाइएको छ ।

उक्त जहाजको भने समस्या पहिचान गर्ने काम इन्जिनियरहरूले गरिरहेको बुद्ध एयरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज