खुलामञ्च छिर्न खोजेका मिटरब्याजीलाई रोक्न खोज्दा गेटमा प्रहरी र पीडितबीच तनाब



काठमाडौं । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर आईतबार काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरु र काठमाडौं महानगरपालिका नगरप्रहरीबीच तनाव भएको छ ।

मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्षबीच तनाव भएको हो ।



उनीहरू खुलामञ्चमा आउने तयारी गरेको थाहा पाएपछि नगर प्रहरीसहितको महानगरको टोलीले यसअघि नै खुलामञ्चको गेटमा ताला लगाएको थियो ।



जबरजस्ती खुलामञ्च र्छिन खोजेपछि महानगरका नगरप्रहरीले रोक्न खोजेको थियो । तर ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् ।

झडप हुन खोजेपछि ठूलो मात्रमा नगरप्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज