७० लाख हिनामिनाको आरोपमा खल्ती वालेटका दुई कर्मचारी पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मोबाइल वालेट कम्पनी ‘खल्ती’का दुईजना कर्मचारीलाई पक्राउ गरेको छ ।

कम्पनीको ७० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सन्देश स्वाँर र अनिल कार्की नाम गरेका कर्मचारीलाई पक्राउ परेका हुन् । सिआइबीका अनुसार कम्पनीले नै दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिेको हो ।



मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले प्रयोग गरी कम्पनीलाई ठगी गरेको कम्पनीको आरोप छ ।



उनीहरुलाई गत साता पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज