पाभार्डको उत्कृष्ट गोलमा युरो छनोटमा फ्रान्सको लगातार जित



एजेन्सी । फ्रान्सले युरो छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

डिफेन्डर बेन्जामिन पाभार्डले टोलीमा शानदार पुनरागमन गरेपछि फ्रान्सले आयरल्याण्डलाई उसकै मैदानमा १-० गोलले हराएको हो ।



यो जितपछि समूह बीमा रहेको फ्रान्सले लगातार दोस्रो जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायमै छ। जिब्राल्टरलाई हराएको ग्रिस दोस्रो स्थानमा छ।



यस्तै २ खेलबाट ३ अंक जोडेको नेदरल्याण्ड तेस्रो स्थानमा छ। अंकविहिन आयरल्याण्ड र जिब्राल्टर पुछारमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज