आन्दोलन गर्नेहरुका लागि खुलामञ्चमा शिविर बनाउन खोज्नु शंकास्पद : मेयर बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले मिटरब्याज पीडितहरूलाई खुलामञ्च प्रवेश नदिइएको बारे प्रष्टीकरण दिएका छन् ।

मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएका मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।



मेयर साहले लेखेका छन्, ‘तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।’



उनले पीडितहरुको माग छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट सम्बोधन गर्नुपर्ने पनि बताएका छन् । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको उनले बताएका छन् ।

मेयर बालेनले मिटरब्याज पीडितहरुको आन्दोलन सडकमा बस्नका लागि नभई न्यायका लागि हो भन्दै मन्त्रिपरिषद्ले यथाशीघ्र उनीहरुको माग सम्बोधन गर्नुपर्ने बताए ।

पीडितहरुलाई केही घण्टामै न्यायको अनुभूति दिलाउनु पर्नेमा त्यसो नगरी सम्पूर्ण चासो र परिश्रम खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज