
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ साल चैत्र १९ गतेको निर्णयानुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेका अनुसार प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ।
प्रतिक्रिया!