धरौटीमा छुटे प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा भएका छन् ।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका उनीहरू ५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएका हुन् ।



धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



गत मंगलबार बानेश्वरस्थित एक कार्यक्रममा उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

नाराबाजी गरेको भन्दै उनीहरूलाई प्रहरीले पक्रेको थियो। पक्राउ पछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज