प्रधानन्यायाधीशको मर्यादाक्रमको विषयमा छलफल गर्न सर्वोच्चले बोलायो फुलकोर्ट



काठमाडौं । प्रधानन्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रिय सभामा टेबल भएको विधेयकबारे छलफल गर्न सर्वोच्च अदालतले फुलकोर्ट बैठक बोलाएको छ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले दिउँसो ४ बजेका लागि फुलकोर्ट बैठक बोलाएका हुन्।



फुलकोर्ट बैठकबाट सर्वोच्च अदालतले त्यस विषयमा धारणा प्रस्ट गर्न लागेको सर्वोच्च अदालतका एक कर्मचारीले बताए।



चैत ५ गते राष्ट्रिय सभामा दर्ता भएको ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ले चौथो नम्बरमा रहेको प्रधानन्यायाधीशको मर्यादा घटाएर पाँचौ नम्बरमा झार्न प्रस्ताव गरेको छ ।

राष्ट्रिय सभामा विधेयक टेबल भएसँगै यसको सार्वजनिक रुपमा विवाद तथा आलोचना भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज