मिटरब्याज पीडितको आन्दोलनमा एकीकृत समाजवादीको ऐक्यबद्धता



काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनामा ऐक्यबद्धता जनाएका छन् ।

मंगलबार बानेश्वरमा पुगेर पीडितहरूलाई भेट्दै खनालले आफू पीडितहरुको पक्षमा रहेको बताएका हुन् ।



पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पीडितहरूका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।



खनालले भने,’तपाईंहरूको आन्दोलनमा ऐक्यबद्धता छ । तपाईंहरूले सारेका मागहरूलाई सरकारले तुरुन्त सुन्नुपर्छ । तपाईंका समस्याहरू तुरुन्त हल हुनुपर्छ ।’

११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरूले सोमबार खुलामञ्चअगाडि विरोध प्रदर्शन गरेका थिए भने मंगलबार बिहानैबाट पुनः विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज