आज आकाशमा एउटै लहरमा देखिँदै सौर्यमण्डलका ५ ग्रह



काठमाडौं । आज (मंगलबार) आकाशमा ५ ग्रह एकैसाथ पंक्तिबद्ध भएर देखिनेछन् ।

मंगल, बुध, बृहस्पति, शुक्र र वरुण साँझ ७:४५ बजेदेखि चन्द्रमाको नजिक देखिनेछन् ।



सूर्यको परिक्रमा गर्ने क्रममा ग्रहहरू एकैतर्फ एउटै लाइनमा पर्दा खगोलीय पंक्तिबद्ध भएको देखा पर्ने बताइएको छ ।



खगोलविद्का अनुसार मंगलबार स्पष्टसँग देखिए पनि पछिल्लो दिनमा पनि यो खगोलीय दृष्यावलोकन गर्न सकिने छ ।

गत वर्षको जुनमा सन् २००४ को डिसेम्बरपछि पहिलोपटक यस किसिमको दुर्लभ ग्रहको लहरमा बुध, शुक्र, मंगल, वृहस्पति र शनि एउटै रेखामा देखिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज