कित्ताकाट गरिदिने भन्दै १ लाख ७५ हजार घुस लिने लेखापढी र सर्वेक्षक पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नापी कार्यालय मनमैजुबाट एक लाख ७५ हजार घुस रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगको मुख्य कार्यालय टंगालबाट खटिएको टोलीले कित्ताकाट गर्न सहजिकरण गरिदिने भन्दै घुस लिएका अभिषेक कार्कीलई पक्राउ गरेको हो । लेखापढी गर्ने कार्कीलाई मुक्तिना कानुनी सेवा, मनमैजुबाट घुस रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ ।



त्यसैगरी कित्ताकाटका लागि सहजिकरण गर्ने सर्भेक्षक रमेश उपरकोटीलाई पनि आयोगको टोलीले उनकै कार्यकक्षबाट पक्राउ गरेको जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज