भुटानविरुद्ध नेपालको सुरुवाती-११ सार्वजनिक | Online Nepal



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत भुटानविरुद्ध खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ ।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले कप्तान किरण चेम्जोङको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।



घरेलु टोली नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ ।



नेपाल भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ भने भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ ।

नेपालले लाओसलाई २–० ले हराएको थियो । यस्तै, लाओसले भुटानलाई २–१ ले हराएको थियो ।

तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न बराबरीले समेत पुग्नेछ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

भुटानसँग खेल्ने नेपाली टोली –

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द

मिडफिल्डर – नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट,

फरवार्ड – अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज