एमाले अध्यक्ष ओलीले भने – प्रधानमन्त्री भएर धेरै काम गरे, फेरि बन्ने रहर छैन



पाल्पा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर धेरै काम गरेको भन्दै फेरि पनि प्रधानमन्त्री बन्न कुनै रहर नभएको बताएका छन् ।

पाल्पामा आयोजित मिशन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



अध्यक्ष ओलीले भने, ‘प्रधानमन्त्री भएर मैले धेरै काम गरेको छु। तपाइँहरूले मन पनि पराउनुभएको छ। यतिले मलाई पुगेको छ । तर देश जोगिन पर्‍यो। देशको रक्षा हुनपर्‍यो।’



ओलीले नेपाल-भारतको विवादित सीमा लिपुलेक, लिम्पियाधुरा र कालापानीका विषयमा टिप्पणी गरे।

उनले आफू प्रधानमन्त्री हुँदा रहेको देशको सीमाना अहिले खुम्चिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज