ललितपुर मेयर कपको उपाधिका लागि कोशी र एपीएफ भिड्ने



काठमाडौं । काठमाडौंमा जारी ललितपुर मेयर्स कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७९ को उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्।

मंगलबार सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो ।



फाइनल पुगेका कोशी र एपीएफबीचको फाईनल खेल भने चैत १६ गते हुनेछ ।



४ खेलमा चार जित सहित ८ अंकका साथ एपीएफ शीर्षमा रह्यो भने कोशी प्रदेश ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका दोस्रो हुँदै फाइनलमा पुगेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश,नेपाल एपिएफ क्लब,मधेश प्रदेश र ललितपुर मेयर्स ११ को सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज