मन्त्रीको भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन



काठमाडौं । सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बनेको हो ।

मन्त्रालय भागबण्डा मिलाउन बैठक बसेको थियो । तर मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेन । अर्को बैठक भोलि बिहान ९ बजेका लागि बोलाइएको छ ।



सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ हुँदै आएको छ। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका लागि निरन्तर छलफल गर्दै आएपनि सहमति जुट्न नसकेको हो ।



प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना भयो। तर, अझै पनि सरकार पूर्ण भएको छैन। १६ मन्त्रालय प्रधानमन्त्रीकै काँधमा छ। गृह, अर्थ, परराष्ट्रजस्ता अति महत्त्वपूर्ण मन्त्रालय पनि लामो समयदेखि मन्त्रीविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज