काठमाडौं । सत्ता गठबन्धनको आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठकमा ड्राफ्ट प्रस्तुत गरेका हुन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले आजको बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेस भएको तर भागबन्डामा छलफल नभएको दाबी गरे ।
उक्त ड्राफ्ट साझेदार सबै दललाई वितरण गरिएको र त्यसमा दलले आन्तरिक छलफल गरेपछि थपघट गर्ने सहमति भएको बताइएको छ ।
मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिलेपछि बैठक भोलिलाई बस्नेगरी स्थगित भएको छ । बैठकमा दलका नेताहरूले मन्त्रालयमा अडान लिँदा सहमित हुन नसकेको बताइएको छ ।
प्रतिक्रिया!