गठबन्धनको बैठकमा कांग्रेसद्वारा ९ मन्त्रालयमा दाबी, अन्यले कति ?



काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध १० दलले आफूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा दलहरूले पार्टीका तर्फबाट मन्त्रालय संख्या दाबी गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसले सबै भन्दाबढी ९ वटा मन्त्रालय पाउनुपर्ने दाबी पेस गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीनरतीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरूका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् ।

दस दलीय सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ। मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिलेपछि बैठक भोलि बिहान ९ बजे बस्नेगरी स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज