भुटानसँग बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपअन्तर्गत मंगलबार भएको खेलमा नेपालले अन्तिम समयमा भुटानविरुद्ध गोल फर्काएको छ ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानविरूद्ध गोल फर्काएको हो । दिपक राज सिंह ठकुरीले ८९ औँ मिनेटमा गोल गरेसँगै नेपालले थ्री नेशन्स कपको फाइनल यात्रा पक्का गरेको छ ।



भुटानले नेपालविरुद्ध लगातार १३ खेलको पराजयपछि नेपाली भूमिमै जित निकाल्ने योजना पनि तुहिएको छ।



दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले खेलको २० औँ मिनेटमा गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । अब नेपालले फाइनलमा आउँदो शुक्रवार लाओससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज