मन्त्रालयको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

मंगलबार बसेको बैठकमा मन्त्रालय भागबण्डाबारे सामान्य छलफल भए पनि सहमति नभएपछि आज फेरि बैठक बस्न लागेको हो ।



बैठक बुधबार बिहान ९ बजेतिर, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।



मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज