काठमाडौंमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु हुँदै



काठमाडौं । काठमाडौंमा आजदेखि न्यायिक समिति राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको समन्वयमा आज र भोलि सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा काठमाण्डौ महानगरसहित ७ सय ५३ वटै पालिकाका न्यायिक समितिका संयोजक तथा सदस्यमध्ये एक–एक जना प्रतिनिधि सहभागी हुँदैछन् ।



काठमाडौं महानगरकी उपमेयर एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइन् ।



सम्मेलनले सबै पालिकाको न्यायिक समितिका कामलाई एकरुपता दिने लक्ष्य लिएको छ । आज उद्घाटन हुने सम्मेलनको दोस्रो दिन भोलि विवाद निरुपण काठमाडौं घोषणापत्र जारी हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज