प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो ।



आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८र०७९) पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।



यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ संसदमा प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज