म्यानमारको सैनिक सरकारले गर्‍यो प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन



एजेन्सी । म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरेको छ ।

सैनिक सरकारको नियन्त्रणमा रहेको त्यहाँको निर्वाचन आयोगले तोकेको नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि एनएलडी खारेज भएको हो ।



एनएलडीसहित अन्य ४० वटा पार्टी पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका छन् ।



सैनिक सरकारले गत जनवरीमा राजनीतिक पार्टीहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो । एनएलडीकी नेतृ सुकीलाई ३३ वर्षको कारागार सजाय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज