मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विजयी | Online Nepal



एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ ।

आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे । त्यस्तै, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले एक/एक गोल थपे ।



योसँगै उनी अन्तर्राष्ट्रिय फुटबलमा १ सय गोल पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । मेस्सीले अहिलेसम्म १०२ गोल गरेका छन् ।



उनीभन्दा अगाडि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इरानका अली दाई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज