२३४ किलो गाँजासहित ५ जना पक्राउ



मोरङ । प्रहरीले रंगेली नगरपालिकाबाट २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

भारतको ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।



थप गाँजा रंगेली नगरपालिका वडा नम्बर ३ स्थित वीर बहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।



सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज