मेयरमाथि आक्रमण गरेको भन्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध



सिरहा । नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै एमालेका युवाहरूले राजमार्ग अवरुद्ध पारेका हुन् ।



उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग समेत अवरुद्ध पारिएको छ ।



मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । कार्यालयबाट बाहिर जाने क्रममा मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज