लोकन्थलीमा एक चालकले बस तेर्स्याइदिएपछि…



भक्तपुर । लोकन्थली चोकमा चालकले बस तेर्स्याइदिएपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान एक चालकले बा ५ ख ६६७४ नम्बरको बसलाई बाटो नै अवरुद्ध हुने गरी तेर्स्याएका भागेका हुन् ।



ट्राफिक प्रहरीको कारबाहीको विषयलाई लिएर विवाद भएपछि चालकले बस तेर्स्याइदिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



बसको ह्याण्डिल लक गरिएको र चाबी पनि चालकले नै लिएर भागेपछि बसलाई हटाउन केही समय लागेको थियो ।

बाटो अवरुद्ध हुँदा सवारी साधनको जाम भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज