२०८० बैशाख २०, बुधबार १०:२२ बजे

वीरगंज – २० वैशाख। पर्साको छिपहरमाई गाउँपालिका वडा नं.-३ झलमहियाको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा अध्यनरत विद्यार्थीलाई हिजो मंगलबार छात्रवृत्ति बितरण गरिएको छ ।

बिधालयले कक्षा १ देखि ५ सम्मका गरिब, दलित तथा अन्य विद्यार्थीहरुलाई चार सयकाे दरले १७५ जना छात्र छात्राहरुलाई छात्रवृत्ति बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक चन्द्रभुसन पाण्डेले जानकारी दिए ।

छिपहरमाई -३ का वार्ड अध्यक्ष दिपेन्द्र सिंहको प्रमुख अतिथि तथा बिद्यालयका प्रधानाध्यापक चन्द्रभुसन पाण्डेको अध्यक्षतामा सम्पुर्ण विद्यार्थीहरुलाई एकिकृत भेला गराएर चार सयकाे दरले ७० हजार रुपैया बितरण गरिएको हो ।

प्रमुख अतिथि वार्ड अध्यक्ष सिंहले बिद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै स्कुलको अवस्था ५ वर्ष देखी दैनिय भएपनि अब क्रमिक सुधार हुदै गईरहेको खुशी ब्यक्त गरे । कार्यक्रममा बिद्यालयका शिक्षक ,विद्यार्थी ,र अभिभावक लगायत गाउँका भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय