अपडेट 
सशस्त्र र नेपाल प्रहरीको मिलोमतोमा इनर्वागाउँ नाकाबाट तस्करी। | बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, नेपाल र भारतका गरी चारजना पक्राउ | चाडबाड लक्षित सुरक्षा योजना बनाएर लागू गर्न प्रहरीको सर्कुलर | प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार |
२०८० जेष्ठ २६, शुक्रबार १२:५८ बजे

काठमाडौं । नेपाल मुस्लिम संघले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सच्चाउन माग गरेको छ ।

संघका कार्यवाहक सभापति अतावुल मत्सुरीले राष्ट्रिय तथ्याङ्क कार्यलयलाई ध्यानाकर्षण गराउँदै तथ्याङ्क सच्चाउन माग गरेका हुन् ।

राष्ट्रिय तथ्याङ्क कार्यलयले राष्‍ट्रिय जनगणना २०७८ मा इस्लाम ५.०९ र मुसलमान ४.८६ रहेको तथ्याङ्क रहेको सार्वजनिक गरेको थियो । संघले मुसलमान र इस्लाम एउटै जात रहेको भन्दै सच्चाउन माग गरेको हो ।

संघका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले मुस्लिम समुदायको संख्या कुल जनसङ्ख्याको करिब १० प्रतिशत रहेको तथ्याङ्क भएपनि नियतबस इस्लाम र मुस्लिमलाई अलग पारिएको बताए ।

‘इस्लाम र मुस्लिम एउटै हो तर यो समुदायलाई कम देखाउन विभाजन गरिएको छ यो गम्भिर षड्यन्त्र हो,’ उनले भने, ‘यो तथ्याङ्कलाई आधार मानेर राज्यले बनाउने नीति नियममा बढी जनसंख्या भएको समुदायलाई फेरी पछाडि धकेल्ने प्रयास भयो ।’

गत जेठ १९ गते राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय