रौतहट – ३० जेठ । गौर नगरपालिका २ स्थित भन्सार ईलाकाबाट १ लाख १९ हजार ७ सय ८० रुपैयाँ बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको सामान प्रस्तावित सीमा सुरक्षा गुल्म गौरले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।
प्रतिक्रिया!