श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ



बारा । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतस्थित पुर्बी चम्पारणमा बस्ने राम निवास प्रसाद यादब रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकललाई जाँच पर्ने क्रममा उनलाई विओपी बरैनियाबाट खटिएको प्रहरीको टोलीले उक्त रुपैयाँसहित पक्राउ गरको हो । यादवलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज