न्यूजक्लिकसँग सम्बन्धित भारतका पत्रकारहरुको घरमा प्रहरी छापा



एजेन्सी । दिल्ली प्रहरीले न्यूजक्लिकसँग सम्बन्धित भारतका पत्रकारहरुको निवासमा छापा मारेको छ ।

मंगलबार बिहान पत्रकारहरु र न्यूजक्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो ।

प्रहरीले केही पत्रकारको ल्यापटप तथा मोबाइललाई नियन्त्रणमा लिएको छ । न्युजक्लिकमा कार्यरत पत्रकारहरू प्रवीर पुरकायस्थ, सञ्जय राजौरा, उर्मिलेश, भाषा सिंह, औनिंद्यो चक्रवर्ती, अभिसार शर्मा र सोहेल हासमीलगायतको घरमा प्रहरीले छापामा मारेको भारतीय संञ्चार माध्यमहरुले जनाएका छन् ।

न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लाग्दै आएको छ । त्यसविरुद्ध मुद्दा दायर गरी प्रहरीले अनुसन्धान सुरु गरिरहेको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ ।

भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज