मोवाइलको विषयमा विवाद हुँदा बाँसको भाटा प्रयोग गरी पवन र हरिचनले गरेका थिए रुपेशको हत्या



जनकपुर । जनकपुर उपमहानगरपालिका–२३ स्थित धान खेतमा शव फेला परेका युवकको साथीबाटै हत्या भएको खुलेको छ।

लागूऔषध सेवनपछि मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडका २४ वर्षीय रुपेश महराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

महरालाई दुई जना साथीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ। महराको हत्या आरोपमा सोनापाडाका २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई प्रहरीले पक्राउ गरेको छ। पवन र हरिचनले मिलेर खेतमै रहेको बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

गत बिहीबार शरिरका विभिन्न ठाउँमा रगत लागेको अवस्थामा रुपेशको शव फेला परेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज