आजदेखि सरकारी कार्यालय समय हेरफेर हुने भएको छ । यस अघि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्दै आएका सरकारी कार्यालय आज अर्थात कार्तिक १६ गतदेखि १० बजे खुलेर ४ बजे बन्द हुने छन् । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ।
त्यस्तै शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने भएका छन् । जाडो यामको तीन महिना कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । जाडोयामभर कार्यालयमा काम गर्ने समय एक घण्टाले घटेको हो । बाँकी नौ महिना ७ घण्टा सरकारी कार्यालयको समय तोकिँदै आएको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर वर्षभरि हुने सार्वजनिक बिदा र सरकारी कार्यालय खुल्ने र बन्द हुने समय तय गर्ने गर्छ।
प्रतिक्रिया!