बारा प्रहरीद्धारा गाँजा खेती फडानी



 

बारा, २० मंसिर । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टाेलिले करीब २० हजार गाँजाका बाेट फडानी गरेर नष्ट गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेका अनुसार निजगढ नगरपालिका वडा नम्बर १२ काे कुलिया स्थित १ कठ्ठा ,थलि स्थित १ कठ्ठा र सालविसाैनीमा १४ कठ्ठामा लगाइएको गाँजा खेती नष्ट गरिएको छ।गाँजा खेति कसले गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज