काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि सुनुवाइका लागि उच्च अदालत पाटनले बिहीबार पेसी तोकेको छ ।
बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ हुने भएको हो ।
खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । राय बाझिएपछि सोही इजलासले खाणको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश दिएको थियो ।
प्रतिक्रिया!